बागलुङ । बागलुङमा जंगलमा भेटेको कन्दमूल खाँदा एक जनाको मृत्यु भएको छ भने आठजना बिरामी परेका छन्।
जङ्गलमा पाइने कन्दमूल (जङ्गली भ्याकुर) खाँदा बडिगाड गाउँपालिका–५ खाराबजारकी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको हो। अन्य आठ जना बिरामी परेका छन्। उनीहरु सबैले स्थानीय भोजराज घिमिरेको घरमा पकाएको भ्याकुर खाएका पाइएको छ।
भ्याकुर सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेको पीडितले बताएका छन्। यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन्।
सबै बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)
सम्बन्धित समाचार
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति दिने
मौलापुर नगरपालिकाको एसइइ परीक्षा उत्तीर्ण ९०.२३ प्रतिशत
तनहुँको बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा बज्राचार्य
सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो
छुटेका बालबालिकालाई आज नियमित खोप दिइँदै






