प्राविधिकको पारिश्रमिक नबुझाउने निर्मातालाई कालोसूचीमा राखिँदै

काठमाडौं । लामो समयदेखि चलचित्र तथा म्युजिक भिडियोमा प्रकाश परिचालन (लाइट म्यान)को रूपमा काम गर्दै आएका सोम बहादुर तामाङ आजकाल चलचित्र भन्दा म्युजिक भिडियोलाई बढी महत्त्व दिन्छन् । चलचित्र छाडेर म्युजिक भिडियोमा लाइट म्यानको रूपमा केन्द्रित हुनुको कारण’bout सोमले राजधानीसँग भने,‘हालसम्म ८ वटा चलचित्रमा काम गरिसकेकोमा अझै केही चलचित्रबाट पुरा पारिश्रमिक पाउँन बाँकी छ । म्युजिक भिडियोमा दिनभरि काम गरेपछि बेलुका पारिश्रमिक पाइन्छ’, सोही कारण चलचित्र भन्दा म्युजिक भिडियोमै आफूले बढी समय दिने गरेको पनि उनले बताए ।

सोम मात्र हैन, चलचित्रमा पसिना बगाउँदै रिफ्लेक्टर बोकेर बेसीबाट शिखरसम्म पु¥याउँदै कलाकारको मुहारलाई प्रकाशले चम्काउने धेरै लाइट म्यानहरूले पुरा पारिश्रमिक पाएका छैनन् । सुरुमा एक तिहाइ पारिश्रमिक लिएर छायांकन सुरु गरेको लाइट म्यानहरूले छायांकनकै क्रममा दोस्रो किस्ता पाउने गरेका छन् । तर चलचित्रको छायांकन सकेर लिनु पर्ने अन्तिम किस्ता भने डुब्ने गरेको धेरैको गुनासो छ ।

लाइट म्यानमात्र हैन, मेकअप पर्सन, हेयर ड्रेसर, क्यामेरा पर्सन, दृश्य सम्पादक, प्रोडक्सन म्यानेजर, भान्से, स्पट म्यान, ड्राइइभरहरुकोपीडा पनि उस्तै छ । विगत अढाई दशकदेखि नेपाली चलचित्रमा छायांकारको रूपमा सक्रिय रामशरण उप्रेतीले पछिल्लो समय ८ वटा चलचित्रबाट पारिश्रमिक नपाएको समस्या राजधानीलाई सुनाए,‘दुई वटा नेपाली, र ६ वटा भोजपुरी गरेर ८ वटा चलचित्रबाट ५० लाख भन्दा बढी पारिश्रमिक मेले लिन बाँकी छ,’ यति ठुलो रकम आफ्नो फस्नुको कारण’bout क्यामेरा पर्सन रामशरण उप्रेतीले राजधानीलाई भने,‘चलचित्रमा काम गर्दा मैले छायांकार, सहायक छायांकार, लाइट पर्सन र क्यामेरा, ट्रली एवम् लाइट जस्ता उपकरणको आर्थिक जिम्मेवारी आफैँ लिएर चलचित्रका निर्मातासँग सम्झौता गर्छु । मैले जिम्मा लिएको उपकरण र अरू प्राविधिकको पैसा मैले नै दिनु पर्छ भने निर्माताबाट सने रमम नपाउँदा ५० लाख रुपैयाँ भन्दा बढी मेरो पैसा डुबेको छ ।’

तीन दशक देखि नेपाली चलचित्रमा मेकअप गर्दै आएका श्याम बरालले आफूले पारिश्रमिक नपाएको चलचित्रलाई निजी पहल तथा नेपाल चलचित्र प्राविधिक संघको सहयोगमा रिलिज अगाडि रोक्ने गरेका छन् । यति हुँदाहुँदै पनि केही चलचित्रबाट अन्तिम किस्ता पारिश्रमिक नपाएको पीडा उनले सुनाए । यस’bout श्यामले भने,‘मेकअप तर्फ हामी अग्रजहरू पूर्ण सम्झौता गरेर सुरुमै आधा रकम लिएर काम गर्छौँ र अझै पनि धेर थोर चलचित्रमा फसेका छौँ । तर नयाँ पुस्ताका मेकअप आर्टिष्टहरुले चलचित्रमा राम्रोसँग सम्झौता पनि नगरी अन्धाधुन्धसँग काम गरेकाले धेरै जसो उनीहरूको पारिश्रमिक बाँकी छ,’ दर्जन भन्दा बढी मेकअप आर्टिष्ट तथा हेयर ड्रेसरहरुले आफ्नो पारिश्रमिक उठाइदिन प्राविधिक संघमा उजुरी दिएको पनि श्याम बरालले बताए ।

यही पिडालाई मध्यनर राखेर यी प्राविधिकहरूको संस्था नेपाल चलचित्र प्राविधिक संघले आफ्ना सम्पूर्ण प्राविधिक सदस्यहरूको बाँकी सबै भुक्तानी ६ जेठसम्म प्रदान गर्नको लागि निर्देशन जारी गरेको छ । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले यस विषयमा राजधानीसँग भने,‘प्राविधिकहरूको भुक्तानी दिन बाँकी रहेका निर्माताहरूले ९ दिन भित्र बुझाउन भनेर हामीले ६ दिन अघि सूचना निकालेका हौँ । अबको तीन दिन भित्र निर्माताहरूले भुक्तानी नदिएको अवस्थामा सम्बन्धित निर्माता, निर्माण कम्पनी र चलचित्रको नाम सार्वजनिक गरेर त्यो ब्यानरको कुनै पनि चलचित्रमा प्राविधिकले काम नगर्ने गरी कालो सूचीमा राख्ने छौँ ।’

चलचित्रबाट बाँकी आफ्नो पारिश्रमिक उठाइदिनको लागि यति बेला नेपाल चलचित्र प्राविधिक संघमा दर्जनौँ प्राविधिकहरूको उजुरी परेको संघका अध्यक्ष पुष्कर लामाले राजधानीलाई बताए । उठ्न बाँकी रकम’bout उनले भने,‘आफू, सहायक र लाईट म्यानको सहित छायांकन टिमले उपकरणसमेतको जिम्मा लिने गर्छ । सम्पादन टिमले सम्पादन, स्वरांकन, रंग संयोजनसहितको जिम्मा लिने भएकाले छायांकार र सम्पादकको ठुलो रकम उठ्न बाँकी छ ।’ उनीहरूको एउटै चलचित्रबाट ३० लाख रुपैयाँसम्म उठ्न बाँकी रहेको उजुरी संघमा आएको अध्यक्ष लामाले जानकारी गराए ।

अध्यक्ष पुष्कर लामाले अगाडि भने,‘निकै सस्तोमा काम गर्ने चलचित्रका स्थल सहायक (स्पोट पर्सन), हेयर ड्रेसर, भान्से, ड्राइभर जस्ता साना प्राविधिकहरूको ठुलो संख्यामा पैसा सम्बन्धित चलचित्रका निर्माताबाट उठ्न बाँकी छ । पैसा उठ्न बाँकी प्राविधिकहरूको उजुरी हामीले सम्बन्धित निर्मातालाई पठाइरहेको छौँ र ६ जेठ भित्र प्राविधिकको रकम नउठेमा त्यसपछि हामी पैसा नतिर्ने निर्माताहरूको नाम मिडियामार्फत सार्वजनिक गर्ने छौँ ।’

अहिलेसम्म निकै कम निर्माताहरूले मात्र बाँकी पैसा दिने’bout चासो देखाएको तर धेरै जसो निर्माताहरूले वेवस्ता गरेको पनि अध्यक्ष लामाले राजधानीलाई बताए । विगतको चलचित्रमा काम लगाएर भुक्तानी नदिएका निर्माताहरूलाई कालोसूचीमा राखेर उनीहरूको नयाँ चलचित्रमा अब कुनै पनि प्राविधिकले काम नगर्ने तयारी पनि भइरहेको अध्यक्ष लामाले राजधानीलाई जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड