जरंखुमा कजारिया रमेश टायल्सको नयाँ शोरुम

काठमाडौं । नेपालमा विश्वस्तरीय टायल्स उपलब्ध गराउँदै आएको कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका–जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। हरि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्यमा स्थापना गरिएको उक्त शोरुमले स्थानीय उपभोक्ता, इन्टेरियर डिजाइनर तथा आर्किटेक्टहरूलाई उच्चस्तरीय टायल्स र आधुनिक डिजाइनको विस्तृत विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ।

शोरुमको उद्घाटन वैशाख ३१ गते सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वर्ल्ड लुना लुइटेल, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं। ६ का अध्यक्ष घनश्याम श्रेष्ठ तथा वडा नं. ८ का अध्यक्ष श्यामकृष्ण सापकोटालगायतको उपस्थिति रहेको थियो। उद्घाटन अवसरमा कम्पनीका नवीन टायल्स कलेक्सनहरू समेत प्रदर्शन गरिएको थियो।

नयाँ शोरुम ग्राहकहरूलाई घरको आन्तरिक सजावट’bout स्पष्ट अवधारणा बनाउन सहयोग पुग्ने गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ। यहाँ ग्राहकहरूले विभिन्न प्रकारका फ्लोर तथा वाल टायल्सका डिजाइन, टेक्सचर र फिनिस प्रत्यक्ष अवलोकन गरी आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन्।

उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक हिमांशु अग्रवालले हरि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्य काठमाडौंका उपभोक्तासम्म गुणस्तरीय उत्पादन पुर्‍याउने महत्वपूर्ण प्रयास भएको बताए। उनले तारकेश्वर क्षेत्रका उपभोक्तालाई उत्कृष्ट डिजाइन र विश्वसनीय गुणस्तरको सहज पहुँच प्रदान गर्दै घर निर्माण तथा सजावटका सपना साकार बनाउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

कम्पनीका अनुसार शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र जरंखु तथा आसपासका बासिन्दालाई नवीन टायल डिजाइन अनुभव गर्न शोरुम भ्रमणका लागि आमन्त्रण गरिएको छ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमै उन्नत प्रविधिसहित ठूलो टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय मान्यता र गुणस्तर प्रमाणीकरण प्राप्त गरेको जनाएको छ। ३ हजारभन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउ, सौन्दर्ययुक्त तथा उच्च कार्यसम्पादन भएका टायल्स उत्पादन गर्दै आएको छ।

हाल कम्पनीले नेपालभर १०० भन्दा बढी शोरुममार्फत आफ्नो सेवा विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनमा विभिन्न आकारका ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल तथा सेरामिक वाल टायल समावेश छन्, जुन पानी र दाग प्रतिरोधी, बलियो तथा आधुनिक डिजाइनमा उपलब्ध रहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस प्रतिष्ठानले गर्‍यो १२ उपसमिति गठन