वीरगन्ज । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाद प्रसाईंलाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत पर्साले म्याद दिएको छ । प्रसाईले विद्युतीय कारोवार ऐन विपरित र राज्य विरुद्धको कसुर गरेको भन्दै पर्सा प्रहरीले सोमबार साँझ ८ बजे वीरगन्जको मुटु आदर्शनगरस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरेको हो ।
अदालतमा स–शरीर उपस्थित नगराई भिडियो मार्फद जिल्ला प्रहरी कार्यालय पर्साले थप म्याद माग गरे बमोजिम दुर्गा प्रसाईंका ’bout थप अनुसन्धान गर्न ३ दिनको म्याद दिएको पर्सा जिल्ला अदालतका श्रेष्तेदार (उप सचिव ) प्रभाकर कुमार मल्लिकले राजधानी दैनिकसँग बताए ।
बिरामी या अन्य कुनै कारण अदालतमा स–शरीर उपस्थित हुन नसक्ने या नमिल्नेको हकमा स–शरीर उपस्थित नगराई म्याद लिन मिल्ने कानूनी प्रावधान अनुसार पर्सा प्रहरीले प्रसाईलाई बिरामीको कारण देखाई भिडियो मार्फत म्याद माग भए बमोजिम प्रसाईलाई अदालतले ३ दिनको म्याद दिएको श्रेस्तेदार मल्लिकको भनाइ छ ।
देश बचाउन राजाको शासन चाहिने र वित्तीय सुशासन कायम गर्नुपर्ने ठोस एजेण्डा सहित विभिन्न जिल्लामा अभियान संचालन गर्दै हिडेका प्रसाईं पर्सामा पनि आइपुगेको केही घण्टापछि पक्राउ परेका हुन् ।
प्रसाई पक्राउको आधिकारिक जानकारी भने पर्सा प्रहरीले अदालतबाट म्याद लिएपछि मात्र प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो । पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेतद्वारा सार्वजनिक गरिएको विज्ञप्तीमा प्रसाईले विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजाल मार्फत विभिन्न किसिमको अभिव्यक्ति दिएको र सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध कसै प्रति घुणा वा द्वेष फैलाउने जातजाती, सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल् पार्ने र नेपाल सरकारको काम कार्वाहीको सम्बन्धमा निराधार अप्रमाणित कुरा गर्दै सरकारको घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न अमर्यादित तथा अस्वस्थ्य आलोचना गरेकोले उनलाई सोमबार साँझ सिद्धार्थ दियालो होटलबाट साँझ ८ बजे पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
झापा जिल्ला बिर्तामोढ नगरपालिका वडा नम्बर ५ स्यायी घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ मा सिन बस्दै आएका ५६ वर्षीय दुर्गा प्रसाद प्रसाईं विद्युतीय कारोवार ऐन उलंघन गरेको र राज्य विरुद्धको कसुर गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदीपराज पाठकले बताए । यस बिषयमा उनी कति दोषी छन् या छैनन् ? भनी अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक पाठकको भनाइ छ ।
सोमबार वीरगन्ज पुगी होटलमा आराम गरिरहेका बेला प्रसाईंलाई अनाहकमा पक्राउ गरिएको उनका समर्थकले दावी गरेका छन् । मंगलबार बिहान १०.३० बजे वीरगन्जको माईस्थान मन्दिरमा पूजापाठ गर्ने वाहेक वीरगन्जमा उनको अरु कार्यक्रम थिएन । तर पर्सा प्रहरीले अनाहकमा नियन्त्रणमा लिएको उनीहरुको आरोप छ ।
वीरगन्ज पुगी होटलमा बसेको समयमा मेडिकल व्यवसायी प्रसाईलाई पक्राउ गरेपछि उनका समर्थकले वीरगन्जमा प्रदर्शन समेत गरेका छन् । सो क्रममा मंगलबार दुई जना गिरफ्तार पनि भएको पर्सा प्रहरीले पनि पुष्टि गरेको छ । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रसार्इंं पक्राउको बिरोधमा उत्रेका समर्थकहरुले मंगलबार दिनभरी जिल्ला प्रहरी कार्यालयको अगाडी कुरेर विरोध गरे ।
सम्बन्धित समाचार
अनिताको अपहरणपछि हत्या, शव लुकाउन हात खुट्टामा ढुङ्गा बाँधेर नदीमा फालियो
नागरिकले ३ ठाउँ जान नपर्ने वातावरण बनाऔं : महानिरीक्षक कार्की
पाठेघर मुखको परीक्षण समयमा नै नगराए अवस्था भयावहः डा सिंह
टिपरको ठक्करबाट एक जनाको मृत्यु
चोरी भएका ७३ मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता
५ लाखको चेक बाउन्समा भैरवी गाउँपालिका अध्यक्ष शाही पक्राउ
फरार प्रतिवादी पक्राउ गर्न लेटाङ प्रहरी सक्रिय
सप्तरीका सुकुम्वासी सडकमा






