धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानीसैन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी सुरक्षा फौज परिचालन गरेर संरक्षण गर्न संघीय सरकारसँग आग्रह गरेका छन् ।
मेयर हमालले सामाजिक सञ्जालमार्फत रानीसैन क्षेत्र पर्यटन, बहुमूल्य जडीबुटी तथा लोपोन्मुख वन्यजन्तुको महत्वपूर्ण बासस्थान भएकाले यसको संरक्षण आवश्यक रहेको बताएका हुन् ।
उनले रानीसैनलाई “देशकै महत्वपूर्ण सम्पत्ति” भन्दै सम्पूर्ण नेपालको साझा सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने उल्लेख गरेका छन् ।
हाल बाजुरा–हुम्ला सीमावर्ती क्षेत्रमा देखिएको विवाद र सुरक्षा चुनौतीका बीच उनले संघीय सरकारलाई विशेष पहल गर्न आग्रह गरेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)
सम्बन्धित समाचार
सेवा सुविधाबापतको ४४ लाख सामाजिक क्षेत्रमा
लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा
एक लाख ३६ हजार पशुलाई खोप
टिपरको ठक्करबाट एक जनाको मृत्यु
सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त






