धनगढी । धनगढीका सडक तथा सडक छेउहरू यतिबेला सेता, गुलाबी र रातो रङका फूलहरूले रंगीचंगी बनेका छन् । विभिन्न प्रजातिका फूलहरू फुलेपछि नगरको सौन्दर्य अझ आकर्षक देखिन थालेको छ ।
सडकका डिभाइडर, सार्वजनिक स्थान तथा घरअगाडि ढकमक्क फुलेका फूलहरूले वातावरणलाई मनमोहक बनाएको छ । बिहान र साँझको समयमा फूलसँगै हरियालीले धनगढीलाई थप सुन्दर बनाएको स्थानीयहरू बताउँछन् ।
गर्मी मौसमको सुरुवातसँगै फुलेका यी फूलहरूले नगरवासीलाई मात्र होइन, धनगढी आउने आगन्तुकलाई पनि आकर्षित गरिरहेका छन् ।










तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)





