उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट उदयपुरमा एक महिला गम्भीर घाइते भएकी छन् । त्रियुगा नगरपालिका– २ संगमटोलकी २९ वर्षीया सुमा राई मामाको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी हुन् ।
स्थानीय रविन्द्र पौडेलको घरको आँगनमा मामा नाताका ४३ वर्षीय विनोद राईले धारिलो हतियार खुकुरी प्रहार गर्दा सुमा घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सामान्य बिबादले चर्को रुप लिएपछि खुकुरी प्रहारसम्म पुगेको घट्ना’bout स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्का कमाण्डको १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । टोली पुग्दा सुमाको अवस्था गम्भीर भई सकेकाले तत्काल उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको प्रहरीले जनाएको छ ।
खुकुरीले टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी सुमाको अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । गाईघाटमा उपचार संभव नभएकाले थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको अस्पताल प्रमुख डा. मुकेश झाले बताए ।
खुकुरी प्रहारकर्ता बिनोदलाई घट्नास्थलबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाए ।
सम्बन्धित समाचार
किर्ते कागजात तयारी पारि वन कर्मचारीकै मिलेमतोमा खयर तस्करी
फरार प्रतिवादी पक्राउ गर्न लेटाङ प्रहरी सक्रिय
कोशीमा गाँजा ओसारपसारको नयाँ शैली : एम्बुलेन्स नै बन्यो लागूऔषध बोक्ने साधन
चिसाङ खोलामा अवैध उत्खनन् नियन्त्रणमा सक्रिय लेटाङ प्रहरी
पर्वतारोही अमेरिकी नागरिकको मृत्यु
प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
गछिया गोल्डकपको आय–व्यय सार्वजनिक, दोस्रो संस्करण अझ भव्य बनाइने
प्रसाईंलाई हिरासतमा राखी अनुसन्धान गर्न ३ दिनको म्याद







