पर्वतारोही अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका —२ मा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा अमेरिकन नागरिक ५३ बर्षीय शेली जोहानेसन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु हिमालको क्याम्प –२ र क्याम्प ३ को सिमानामा हिम पहिरोमा परेर आइतबार दिउँसो गम्भीर घाइते भएका थिए । गम्भीर घाइते अमेरिकन नागरिक शेलीको सोमबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक मैनालीले बताए ।

मृतक अमेरिकन नागरिक शेलीको सेभेन समिट ट्रेक्स मार्फत सोमबार दिउँसो काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरुपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि करिव १० दिनको पैदल दूरीमा पर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप लिग-२ टस हारेर नेपाल बलिङ गर्दै