पोखरा । पोखराको फिर्के खोलाको खोलाघर मिचेर बनाइएका संरचनामाथि आजदेखि डोजर चलाइने भएको छ ।
पोखरा महानगरपालिकाले बिहान १० बजेदेखि विभिन्न ३ स्थानबाट डोजर चलाउने तयारी गरेको हो । त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य, सचिव तथा कर्मचारीहरूलाई अनिवार्य उपस्थितिका लागि महानगरले अनुरोध गरेको छ ।
डोजर चलाउनुपूर्व विभाजन गरिएका ३ केन्द्रहरूमा अँधेरीकुना केन्द्र (विन्ध्यवासिनी मन्दिरभन्दा पश्चिम), बूढानीलकण्ठ मन्दिर केन्द्र (फिर्के पुल) र जिरो किलोमिटर केन्द्र (पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय अगाडि) हुन् । यसअघिको नापजाँचमा खोलाघर मिचेर बनाइएका १ सय ६० संरचना रहेको पाइएको थियो । ती संरचना हटाउने’bout पोखरा महानगरले २०८० सालमा पनि प्रयास थालेको थियो । तर उच्च अदालत पोखरामा रिट प¥यो ।
लामो समयपछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः महानगर अघि बढेको हो । हालैमात्र महानगरले अवैध संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । जसको म्याद ९ जेठमा सकिएको छ । पोखराको वडा नम्बर १८, अँधेरीकुनाबाट सुरु हुने फिर्केखोलाले पोखराका ३३ वडाहरूमध्ये ८ वटा वडाहरू छुन्छ । १८ वडाबाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भई बग्छ । फेवातालमा मिसिने फिर्केखोला केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने खोला रहेको बुढापाका बताउँछन् ।
बढ्दो सहरीकरणका कारण यो क्रमशः दुर्गन्धित र अतिक्रमणमा पर्दै गएको छ । खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजना’bout व्यापक छलफल गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।खोलाघरको सिमाना १० मिटर कायम रहेकामा महानगरले सरोकारवाला तथा विज्ञसँग छलफलपछि घटाएर ६ मिटर बनाएको थियो ।
सम्बन्धित समाचार
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
लेक लागेर सगरमाथा आरोहीको निधन
५ लाखको चेक बाउन्समा भैरवी गाउँपालिका अध्यक्ष शाही पक्राउ
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त







