लेकसाइडबाट एकैचोटि २१ जना मानिस र २७ सवारीसाधन नियन्त्रण

पोखरा । पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडबाट गएराति एकैपटक २१ जना मानिस र २७ वटा सवारीसाधन नियन्त्रण लिइएको छ । पछिल्लो समय लेकसाइडमा झैंझगडा गर्ने, पोखरा घुम्न आउने पर्यटकलाई दुःख दिने, अनैतिक तथा अवाञ्छित गतिविधि भइसकेको जुनासोसँगै स्थानीयले प्रहरीसमक्ष गुनासो गरेका थिए ।

जसका कारण कास्की प्रहरीले नजिकिएको तिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य तवरले सम्पन्न गर्न ‘अपरेसन सभ्यता’ नामक प्रहरी विशेष अपरेसन संचालन गरेको हो । बुधबार राति १ देखि ५ बजेसम्म संचालन गरिएको उक्त अपरेसनमा लेकसाइडमा झण्डी बुर्जा खेलाउने, होहल्ला गर्ने, अवाञ्छित तथा अनैतिक क्रियाकलाप गर्ने २१ जना मानिसहरु पक्राउ परेका हुन् ।

तीमध्ये झण्डीबुर्जा खेलाउने १० जना, अवाञ्छित क्रियाकलापमा संलग्न ६ जना, झैझगडा गर्ने २ जना, चोरी मादक पदार्थ सेवनलगायतका गतिविधिमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्याय, कास्कीका सूचना अधिकारी डिएसी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका ती व्यक्तिलाई वडा प्रहरी कार्यालय बैदामबाट थप अनुसन्धान तथा कारही भइरहेको छ ।

सोही राति लेकसाइडमै सवारीसाधन चेकजाँच गर्दा २७ वटालाई नियन्त्रणमा लिइएको थियो । जसमध्ये १५ वटा सवारीसाधनका चालकलाई मापसे कारबाही, २ सवारीसाधनका चालकलाई ट्राफिक कारबाही गरिएको छ भने १० वटालाई होल्डमा राखी अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना