काठमाडौं । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र वातावरण संरक्षण अभियानसम्मका विषयलाई प्राथमिकता दिएको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबार काठमाडौं बसेको तेस्रो बैठकले ‘जलवायु परिवर्तन सचेतना उपसमिति’ गठन गरी हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखिका विषय कार्यादेश तोकेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको प्रमुख उपस्थितिमा भएको बैठक प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको थियो ।
बैठकमा जलवायु परिवर्तनले हिमालमा पारेको असर र त्यसको न्यूनिकरणका लागि गर्नुपर्ने पहललगायत विषयमा छलफल भएको उपसभापति शर्माले जानकारी दिए ।
यसैगरी विश्वव्यापी बढ्दो तामक्रमका कारण हिमाल पग्लिने क्रम तीव्र हुँदा जलवायुजन्य विपद्को खतरा बढेको विषयमा समेत छलफल भएको उनले बताए । कांग्रेस उपसभापति शर्मा जलवायु परिवर्तन र हिमालको विषयमा बढी चासो राख्छन् । उनी गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा सात हजार २०० मिटरमा रहेको तेस्रो क्याम्पसम्म पुगेका थिए ।
यसैगरी बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पेस गरेका थिए । त्यस्तै यस अघिको प्रतिष्ठानको बैठकबाट चयन भएका विभिन्न उपसमितिका छ जना संयोजकहरूले आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । साथै बैठकले प्रतिष्ठान प्रमुख शर्माको प्रस्तावमा विभिन्न थप सात बिषयगत उपसमिति तय गरेर संयोजक चयन गरेको छ ।
सम्बन्धित समाचार
कर्णालीका सबै नागरिकले बिमाको सेवा पाउनुपर्छ : मुख्यमन्त्री कँडेल
प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए
निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन
नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव
प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल






