कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

काठमाडौं । नेपाली कांग्रेसले सङ्घीय संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

पार्टीको संसदीय दलको आज बसेको बैठकमा संसद्मा आगामी रणनीति, आगामी आर्थिक वर्ष २०८३(८४ को बजेट तथा संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल भएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने बजेटका विषयमा विस्तृत छलफल गरिएको बताइन्। उनका अनुसार संसद्मा पार्टीको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने विषय बैठकको मुख्य एजेन्डा थियो।

उनीले संसदीय दलको कार्यसमितिमा रिक्त रहेका केही पदमा पूर्णता दिने विषयमा पनि छलफल भएको जानकारी दिए। साथै संसद्का विषयगत समितिहरूको अध्ययन तथा समन्वयका लागि पार्टीका तर्फबाट संयोजक तोक्ने विषयमा समेत बैठकमा विचारविमर्श गरिएको उनले बताइन्।

बैठकमा गणतन्त्र दिवसका अवसरमा सरकार प्रमुखको सम्बोधन नहुने भन्ने सार्वजनिक भएको विषयमा पनि छलफल भएको प्रमुख सचेतक थापाले जानकारी दिइन्।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो