भोजपुर । यहाँको ऐसेलु खोलामा छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ।
पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल निर्माण थालिएको जानकारी दिए ।
‘ऐसेलु खोला पक्की पुल निर्माण सुरु गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘हाल तीनमध्ये एउटा पिलर ढलान भइसकेको छ ।’ दुई ‘स्पान’मा निर्माण हुने पुल ५२ मिटर लामो हुनेछ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति
भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै
निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
अन्धकारमै बझाङ !
महालेखा परीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र
मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
दश वर्षमा ८१५ सम्पदा निर्माण






