धनकुटा । १८ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब मोरङले उचालेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राइबेकरमा ५–४ गोलअन्तरले हराउँदै मोरङको बेलबारी फुटबल क्लबले उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुबै टिमबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा बेलबारीका विदेशी खेलाडी सोलुमान किंग, शिशिर लेखी, विदेशी खेलाडी मुतियु, विशाल थिङ र श्याम मुरमुरले गोल गरेका थिए भने विवेक पौडलको प्रहार आयोजकका गोलकिपर विदेशी खेलाडी प्रिसुले रोकेका थिए ।
यस्तै आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानका विवेक गुरुङ, विदेशी खेलाडीहरु फेमी, ओलायामी ताइव र प्रिसोले गोल गरेका थिए भने राम वाजीको प्रहार बेलबारीमा गोलकिपर अजय परियारले रोकेका थिए भने पृथ्वी चौधरीले पोष्ट बाहिर प्रहार गरेका थिए । उपाधि विजेता बेलबारी फुटबल क्लबले नगद ६ लाख रुपैयाँ तथा गोल्डकप हात पा¥यो । उपविजेता बनेको आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले नगद ३ लाख रुपैयाँ चित्त बुझायो ।
यसैगरी भीमनारायण गोल्डकपको यो संस्करणको प्लेयर अफ टुर्नामेन्ट आयोजकका पदम भट्टराई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । यस्तै प्रतियोगिताको बेस्ट गोलकिपर बेलबारीका अजय परियार, मिडफिल्डर आयोजक टीमका राम वाजी, बेस्ट डिफेन्डर बेलबारीका महेन्द्र कार्की, बेष्ट कोच बेलबारीका सुमन श्रेष्ठ, सर्वाधिक गोलकर्ता बेलबारीका सोलोमान किंग घोषित भए ।
उनीहरुले जनही नगद ११ हजार ५ रुपैयाँ पुरस्कार हात पारे । यस्तै प्रतियोगिताको उदयमान खेलाडी आयोजकका प्रतीक थापा मगर घोषित हुँदै ६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पारे । यता फाइनल खेलको प्लेयर अफ द म्याच बेलबारीका विवेक पौडेल घोषित भए । उनले नगद छ हजार रुपैयाँ पुरस्कार हात पारे ।
आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । यसैगरी बेलबारी फुटबल क्लब मोरङले शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा उपाधिको दाबेदार मानिएको बिर्तामोड युनाइटेड क्लब झापालाई ३–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।
खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङले गोल्डकप, नगद तथा प्रमाणपत्र प्रदान गरे ।
सम्बन्धित समाचार
चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशभरका सुकुम्बासीको बुटवलमा प्रदर्शन
देउवा समूहको सम्पर्क कार्यालयमा युवाहरुको जमघट
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
भीमनारायण गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज
कर्मचारीको तलब २१ प्रतिशत वृद्धि
उदारवादी, उत्पादनमुखी र प्रविधिमैत्री बजेट






