काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण (रेमिटेन्स) भित्र्याएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो एक महिनामा भित्रिएको हालसम्मकै उच्च रकम हो। यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएको थियो।
चालु आर्थिक वर्षको भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको असोजमा भने यस्तो आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिटेन्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो तीन महिनामा यस्तो आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकको विवरणअनुसार अमेरिकी डलरमा मापन गर्दा रेमिटेन्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ। समीक्षा अवधिमा खुद द्वितीय आय ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो।
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ। राष्ट्र बैंकको विवरणमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २१ हजार ८७९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ उल्लेख छ। अघिल्लो वर्ष सोही अवधिमा यी संख्या क्रमशः १ लाख २३ हजार ४५९ र ७७ हजार २५७ थिए।
सम्बन्धित समाचार
सुनको भाउ एकै दिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
सुनकोशी मरिण आयोजना ठेक्का रद्दवारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन
नश्ल सुधारमा एक फड्कोः मुरा भैंसी र बोयर बाख्रा अब मधेशमा पाइने
सुन चाँदीको मूल्यमा लगातार गिरावट
मत्स्यपोखरीमा चिचिला महोत्सव मङ्सिर ५ गते हुने
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने
विदेशबाट भित्रियो २३ खर्ब, व्यापार घाटा १७ खर्ब नाघ्यो





