८ घण्टाभित्र बाटो नबनाए वडाध्यक्षलाई बलात्कारको धम्की !

गुल्मी । ‘आठ घण्टाभित्र बाटो बनाउने भए बनाउनु नत्रभने तिमीलाई बलात्कार गर्न आउछौं भन्दै धम्की दिए ।’ मुसिकोट नगरपालिका–९ की वडाध्यक्ष भूमा गुरुङले एक कार्यक्रममा भनिन्, ‘समाजमा महिलाहरुप्रति हेपाहा प्रवृत्तिले हेर्ने प्रचलन छ ।’ आइतबार सदरमुकाम तम्घासमा आयोजित महिलासम्बन्धी कार्यक्रममा उहाँले आफ्नो अनुभव सुनाउँदा सबैका आँखा रसाए ।

गुरुङले बाटो बनाउने निहँमा आफुमाथि जघन्य अपराधका धम्की आएको बताइन् । गुरुङले आफ्नो वडादेखि दिब्रुङ्गसम्म जोड्ने सडकको सफाई गर्दा उक्त समस्या आएको बताइन् । पितृसत्तात्मक सोच भएकाहरुलाई आफू वडाध्यक्ष भएको चित्त नबुझेको उनको भनाई छ ।

कार्यक्रममै उपस्थित इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले आफुमाथि गाउँकै युवाहरुले दुव्र्यवहार गरेको र प्रशासनले साथ नदिएको भन्दै भक्कानिइन् । ‘मैले गल्ती गरेको भए सजाँय पाउनुपर्छ, नत्रभने दुव्र्यवहार गर्नेलाई कारवाही हुनुपर्छ ।’ कुँवरले भनिन्, ‘महिला भएकै कारण मुद्धा दर्ता गर्न प्रहरी र प्रशासन हिचकिच्यायो ।’ कार्यक्रममा बोल्दै गर्दा कुँवर धेरैबेर भक्कानिएर बोल्नै सकिनन् । पछि सम्हालिएर बोलेकी कुँवरले महिला जनप्रतिनिधिले ‘कि हवस् कि एस्’ भन्नुपर्ने अन्यथा समाजलाई पाच्य नहुने बताइन् ।

केही दिन अगाडी कार्यक्रममा जाने समयमा कुँवरलाई स्थानीय युवाहरुले दुव्र्यवहार गरेपछि महिला जनप्रतिनिधि जिल्ला समन्वय समितिले महिला जनप्रतिनिधिको अनुभव आदान–प्रदान तथा स्थानीय तहमा महिला नेतृत्वको भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । अन्तरक्रियामा बोल्दै कुँवरले मुद्धा दर्ता गर्दा प्रमुख जिल्ला जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट साथ नपाएको गुनासो गरिन् ।

धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरीले इस्मा घटनाले आफ्ना चालकले समेत बिदाको समयमा गाडी चलाउन अप्ठ्यारो मानेको बताइन् । समाजले महिलाहरुलाई हेर्ने नजर नै फरक भएको बताउदैँ उपाध्यक्ष गिरीले महिला शसक्तिकरणका पक्षमा एकजुट भएर काम गर्नुपर्ने बताइन् । ‘हामीले उत्साहका साथ काम गर्न चाहान्छौं तर सरकारी स्रोत र साधन पर्याप्त छैन ।’ उनले भनिन् । आफुहरुसँग क्षमता भएको र निर्वाचित जनप्रतिनिधि भएकोले कार्यकाल अवधिभर निर्वाध ढंगले जनताको पक्षमा काम गर्नुपर्ने धारणा राखिन् ।

पूर्व सासंद गीता थापाले जिल्लामा हुने महिला हिसांबिरुद्ध सबै महिलाहरु एकजुट हुनुपर्ने बताउदैँ प्रशासन पनि महिलाको मुद्धामा संवेदनशिल हुनुपर्ने धारणा राखिन् । अर्की पूर्व सासंद दिलशोभा पुनले महिला जनप्रतिनिधिहरुलाई काम गर्ने क्रममा थुप्रै समस्या आइपर्ने हुँदा त्यसलाई आफुले सहजिकरण गर्नुपर्ने बताइन् ।

‘म सासंद हुँदा पनि थुप्रै चुनौती थिए, डटेर समाधान गरेको हो ।’ उनले भनिन् । त्यसैगरी जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी कुँवरले महिलाहरु संख्या पु¥याउन मात्र नभई समाज परिवर्तनको लागि जनप्रतिनिधि भएको बताइन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी विरेन्द्र विर विश्वकर्माले नागरिकको चेतना स्तर र सरकारी कामबीच तालमेल नमिल्दा महिलाहरुमाथि विभिन्न प्रकारका हिसां हुने भन्दै त्यसलाई न्यूनिकरणको लागि पालिका र टोलस्तरबाटै जनचेतनाका कार्यक्रम संचालन हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा एकै दिन श्रीमान–श्रीमतिको निधनले गाउँ शोकमा