काठमाडौं । दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु भएको छ।
तुलसीपुरमा टिपरले ठक्कर दिँदा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपालीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीका अनुसार घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली गम्भीर घाइते भएकी छन्।
आज बिहान ६ः०० बजे तुलसीपुरको गुल्म चोकमा रा.१ ख २१९२ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको रा.४प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बाबुछोराको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
पर्यटकीय गन्तव्य बन्दै च्यामा गाउँ
योग समितिमा पुनः डा भट्टराई निर्वाचित
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य
त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
तरकारी खेती र स्वरोजगारमार्फत आत्मनिर्भर बन्दै रौतहटका महिला
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार






