काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदले प्रतिनिधि सभाको बैठकमा विरोध जारी राखेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा अन्य विपक्षी दलका सांसदले सहमति जनाए पनि श्रम संस्कृति पार्टीका सांसदले भने विरोध जारी राखेका छन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद्मा आएर प्रस्टीकरण दिनुपर्ने माग राखेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिएका थिए। त्यसपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले बोलेका थिए।
तर, श्रम संस्कृति पार्टीका सांसदले बोल्न समय माग गरेका थिएनन् । त्यसैले सभामुख अर्यालले उनीहरूलाई बोल्न समय दिएनन्।
त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदले रोमस्टम अगाडि गएर नाराबाजी गरेका हुन् । उनीहरूको नाराबाजीबीच सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक सञ्चालन गरेका छन्।
सम्बन्धित समाचार
पाँच दिने भ्रमणको लागि दिल्ली उडे लामिछाने
राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध
प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलको विरोध
वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
राष्ट्रियसभाको बैठक स्थगित
स्वतन्त्र सांसद पुन फेरि मन्त्री बन्दै
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ






