शल्यक्रिया गरिएको सुत्केरीको पेटभित्र कपडाको टुक्रा

सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र कपडा भेटिएको छ । जेठ १० गते जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएकी खाँदबारी नगरपालिका–७ की सुत्केरी २९ वर्षीया सविता मगरको पेटभित्र कपडाको टुक्रा भेटिएको हो ।

झण्डै दुई सातापछि सुत्केरी मगरको पेटभित्र एक पिस गज भेटिएको हो । मगरको शल्यक्रियाबाट बच्चा निकाल्ने क्रममा अत्याधिक रक्तश्राव भएपछि जेठ ११ थापाथली प्रसुती गृह काठमाडौँ रेफर गरिएको थियो । जिल्ला अस्पतालका चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै गज (कपडा) छोडर सिलाई गरिदिएको पीडित परिवारको गुनासो छ ।

सुत्केरीको पेटभित्रपछि पीडित परिवारले विरामीलाई क्षतिपूर्ति तथा दोषीमाथि छानविन गरी कारवाहीको माग गरेका छन् । पीडित परिवार तथा नेपाल मगर संघ जिल्ला कार्य समिति सङ्खुवासभाले जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पतालमा ज्ञापन पत्र बुझाउँदै पीडित विरामीलाई क्षतिपूर्ति तथा दोषीमाथि आवश्यक छानविनका लागि राखेका छन् ।

पीडित परिवार तथा नेपाल मगर संघ जिल्ला कार्यसमितिले बुधबार दिउँसो घटनाको निष्पक्ष छानविन गरी दोषी ब्यक्तिलाई सम्बन्धित निकायबाट कानुन बमोजिकको कारवाहीका गर्न, पीडित विरामीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन ध्यानाकर्षण गराएका छन् ।

पीडितका श्रीमान सविन मगरको अनुसार सुत्केरीलाई पुनः स्वास्थ्य समस्या भएर निजी अस्पतालमा भर्ना गरेर चेक जाँच गर्दा पेटमा गज (कपडा)को टालो जेठ २२ गते भेटिएको हो । सुत्केरीको पेटभित्र भेटिएको कपडाको टुक्रा २४ गते पुनः शल्यकृया गरी निकालिएको पीडितका श्रीमान सविनले बताइन ।

जिल्ला अस्पताल सङ्खुवासभाबाट थापाथली प्रसुती गृहमा उपचार गरेर सामान्य अवस्था भएको भन्दै डिस्र्चाज गरेपछि पुन स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना गरेर सिटी स्क्यान गर्दा पेटभित्र कपडा भेटिएको थियो । जिल्ला अस्पतालले बिरामीको रेफर गर्ने क्रममा गजसँगै सिलाइएको ’bout कुनै जानकारी नदिएको र रेफर कागजमा पनि नलेखिएको पीडित पक्षको आरोप छ ।

उता जिल्ला अस्पताल सङ्खुवासभामा प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष देवले बिरामीको उपचारकै क्रममा रहेकोले रक्तश्राव रोक्न गज कपडासँगै पठाइएको बताए । जिल्ला अस्पताल सङ्खुवासभामा २०८० माघ १३ गते शल्यक्रिया गरिएकी पाँचखपन नगरपालिका —६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज कपडा भेटिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

उपसचिव सुरेशबाबु महिनौं बेपता हुँदा समेत मन्त्री प्रतिभा किन मौन ?