वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा परी आज स्थानीय मखु सहनीका पाँच वर्षीय छोरा कुन्दन सहनीको उपचारका क्रममा वीरगन्जस्थित तराई अस्पतालमा मृत्यु भएको हो ।
पटाका पड्काउने क्रममा छातीमा आगो लागेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।
घटना’bout अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको मृत्युसँगै भारतसँगको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणको विषय पनि चर्चामा आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)
सम्बन्धित समाचार
झापावासीलाई हात्तीबाट जोगाउन सशस्त्र प्रहरीको जनचेतना अभियान, उच्च सतर्कता अपनाउन आग्रह
रक्सीका कारण गयो ज्यान, ५ साथी पक्राउ
नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
नायब सुब्बासहित ६ जनाविरुद्ध पौने १० करोडको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा
बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
तिहारको चौथो दिन गाईपूजा गरिँदै






