टीकापुर । बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको केराखेती झन्डै ६० प्रतिशत नष्ट भएको छ । टीकापुर २ कोठारपुरका जनक चौधरीको खेतमा लगाइका केरा दुई महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए । एकै दिनको विपद्ले करिब १४ लाख रुपैयाँ क्षति पुगेको चौधरीले बताए ।
त्यसैगरी सोही दिनको विपद्ले टीकापुर ७, सत्तीका केरा किसान कृत ठकुल्लाको बारीमा करिब १०० बोट केरा हुरीले ढालेको छ । पाँच बिघामा केराखेती गरेका ठकुल्लाले यसवर्ष थप चार बिघामा खेती गरेका थिए ।
‘बारीमा गनेको छैन, सयौँ बोट नष्ट भएका छन्’, उनले भने, ‘हुरी र असिनासहित आएको पानीले केरा किसानलाई पीडामा पार्यो’, उनले थपे ।
टीकापुर नगरपालिका–५ का किसान शेरबहादुर साउदको बारीमा हावाहुरीले क्षति पुगाएको छ । ‘बारीमा केरा ढलेका छन्, गन्न थालेमा तनाव हुन्छ’, उनले भने, ‘मजस्ता सयौँ किसानलाई आज पीडा भएको छ । केरा किसानले उत्पादन लिने बेलामा नोक्सानी बेहोर्नुपरेको छ ।’
टीकापुरमा केरा किसानको बालीमा हुरीले क्षति गरेको गुनासो धेरै आएकाले वडास्तरमा तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतिसिंह विकले बताए ।
‘धेरै किसानले फोन गरिरहनुभएको छ । ठूलो क्षति भएको छ’, उनी भन्छन्, ‘क्षतिको विवरण थाह पाउनका लागि वडा वडामा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेका छौँ ।’
सम्बन्धित समाचार
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग
सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न संसदीय समितिको निर्देशन
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा






