कृष्णनगर नाकाबाट २५ लाख बराबरको यौनवर्धक औषधि बरामद

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको अवस्थामा करिब २५ लाख रुपैयाँ बराबरको यौनवर्धक औषधि बरामद गरेको छ। सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म कपिलवस्तुको टोलीले बुधबार दिउँसो कृष्णनगर नाका क्षेत्रमा विशेष निगरानीका क्रममा उक्त औषधि नियन्त्रणमा लिएको हो।

सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) यज्ञमान साउदको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर–१ शिवनगर क्षेत्रमा खानतलासी गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएको ३३० थान ‘युरिफिल इफेक्ट’ नामक औषधि फेला पारेको जनाएको छ।

बरामद गरिएको उक्त औषधिको अनुमानित बजार मूल्य २४ लाख ७५ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको छ।

सशस्त्र प्रहरी बल २८ नम्बर हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बरामद औषधिको नेपालमा बिक्री–वितरण अनुमति भए–नभएको विषयमा औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको छ।

भन्सार कार्यालयले पनि यस घटना’bout थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

पछिल्लो समय औषधि तथा सर्जिकल सामग्रीमा कर वृद्धि भएसँगै सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार तथा चोरी तस्करीका घटनामा वृद्धि देखिएको छ। यस्ता गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा नियमित गस्ती र निगरानी कडाइ गरिएको सशस्त्र प्रहरीको दाबी छ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित