अपहरणपछि पानीमा डुबाएर हत्या गरिएको सप्तरीको चर्चित घटनाका अभियुक्त ११ वर्षपछि पक्राउ

राजविराज । ११ वर्षअघि एक जनाको अपहरण गरी पानीमा डुबाएर हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा प्रहरी टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका–९ का ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका ११ का ६२ वर्षिय नसिर भन्ने वसिर मियाँलाई पक्राउ गरेको हो ।

सुरुङ्गा नगरपालिका ९ का ६२ वर्षीय एनुल मियाँको २०७२ साल भाद्र २९ गते हत्या भएको थियो । सोही आरोपमा २ दिनअघि पक्राउ परेका दाउद र वसिर’bout प्रहरीले मंगलवार पत्रकार सम्मेलनमार्फत घट्ना विवरण सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक रुपक खडकाका अनुसार २०७२ साल भाद्र २९ गते साँझ ७ बजेको समयमा आफ्नै घरमा बसिरहेका बेला दाउद र बसिर मिलेर उनको अपहरण गरेका थिए । त्यसपछि बलान खोला नजिकै रहेको पैनी बाटोमा पु¥याएर पानीमा डुबाएर मुख थुनी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

घटनापछि दुबै जना फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत सप्तरी जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीबा प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा ३ जना पक्राउ