सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।

नेता खरेलको ८० वर्षको उमेरमा आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। सभापति थापाले आज शोक सन्देशमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजन समवेदना प्रकट गरेका छन्।

विद्यार्थी जीवनदेखि नै कांग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहेका नेता खरेलको नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी झण्डै नौ वर्ष जेल जीवन बिताएका थिए।

कांग्रेसको सङ्गठन निर्माण र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उनले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ।

कांग्रेसको सङ्गठन सुदृढीकरण, लोकतन्त्र स्थापनाका आन्दोलन तथा लोकतन्त्र पुनःस्थापनाको सङ्घर्षका क्रममा उनले भोगेको लामो जेल जीवन, त्याग, समर्पण र सङ्घर्ष पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टीले उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ