कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट: एक सैनिकको मृत्यु, एक घाइते

सांकेतिक तस्बिर

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा आज बिहीवार बिहान ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक जना सह–सेनानी गम्भीर घाइते भएका छन् ।

ब्यारेकभित्र तालिम चलिरहेका बेला अकस्मात ग्रेनेड विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो । उपचारकै क्रममा हुद्दा हिमालबिक्रम बिष्टको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

घाइते सह–सेनानी हेमराज जोशीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको सैनिक स्रोतले जानकारी दिएको छ ।

विस्फोटको कारण’bout नेपाली सेनाले औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन । घटना’bout विस्तृत अनुसन्धान सुरु गरिएको बताइएको छ ।

घटनापछि गोरङ्गे ब्यारेक क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने सेनाले विस्फोटको वास्तविक कारण पत्ता लगाउन आवश्यक छानबिन अघि बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

७ दिवसीय छायांकन कार्यशाला गोष्ठी सम्पन्न