कांग्रेस महामन्त्री गुरुराज घिमिरेका चुनावी कमाण्डर गिरी पक्राउ

काठमाडौं । विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले घरमा छापा मारेर गिरीलाई नियन्त्रणमा लिएको हो । गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालका अनुसार कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने भत्ता र सेवा–सुविधाको रकम असुलेको भन्ने गम्भीर उजुरी आएपछि गिरीलाई पक्राउ गरिएको हो । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कारागार बसेका थिए । कारागारमा रहँदा उनी लामो समय चौकीदारको जिम्मेवारीमा थिए । त्यतिबेला कैदीबन्दीमाथि दमन र आर्थिक शोषण गरेको आरोप पनि उनीमाथि लाग्दै आएको थियो । कारागारबाट छुटेपछि पनि उनले बाहिरबाट कारागारको व्यवस्थापनमा हस्तक्षेप गर्ने गरेको आरोप छ ।

करिब दुई वर्षअघि कैद भुक्तान गरी रिहा भएका गिरीले त्यसपछि ‘गिरी फाउन्डेशन’ स्थापना गरेर सामाजिक गतिविधिमा सक्रियता देखाएका थिए । पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका नेता गुरुराज घिमिरेको चुनावी अभियानमा समेत संलग्न थिए ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम