धनकुटा । धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीमा कुल ७ सय ९५ किलोग्राम गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सवारी जाँचका क्रममा गाँजा बरामद भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका पत्रकार भेटघाट गरि दिइएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ कोलबोटेमा सवारी जाँच गर्ने क्रममा धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रक रोकी खानतलासी गरेको थियो ।
जाँचका क्रममा ट्रकको डालाभित्र आलुको बोराले छोपेर लुकाइएको अवस्थामा २५ वटा पोकामा प्रति पोका ३१ किलोग्रामका दरले जम्मा ७ सय ७५ किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
घटनासँगै मिनी ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्दै आएका ३३ वर्षीय परीक्षण कुँवरलाई पक्राउ गरेको छ । उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक रञ्जितकारले जानकारी दिए ।
यस्तै प्रहरी चौकी डाँडाबजारबाट खटिएको टोलीले साँगुरीगढी गाउँपालिका–७ लुम्फाजुङबाट बा ६४ प १४३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोराभित्र रहेको जेब्रा झोलामा लुकाएर राखिएको २० किलोग्राम गाँजा बरामद गरेको छ । उक्त घटनामा साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि पनि लागूऔषध ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
बालिका करणी अभियोगमा महतो र राई पक्राउ
कोशीको बजेट ४० अर्ब ४४ करोड
ताप्लेजुङमा अलैँची महोत्सव हुने
कुम्मायकमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ
‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ : कोशी प्रहरीको महाअभियानमा १ हजार ७०५ पक्राउ
सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट
झापा गाउँपालिकाः बीस वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन






