काठमाडौं । चलचित्र ‘हली’का कलाकार तथा निर्माण टिमले सोमबार ‘राष्ट्रिय धान दिवस’को अवसरमा ललितपुरको सुनाकोठीमा रोपाइँ गरेका छन् । यो चलचित्र २२ साउनमा रिलिज हुँदै छ ।
चलचित्रका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजता थापा, कलाकार विद्या कार्की, निर्माताद्धय पूजा गुरुङ, जस्मिन श्रेष्ठसहित टिमले स्थानीय किसानसँग रोपाई गरे । उनीहरूले चलचित्रको गीत पनि प्रस्तुत गरेका थिए । जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मसको सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको निर्माण पक्षले बताए ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको यस चलचित्रका अन्य कलाकारमा सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहारीलगायत छन् ।
तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)
सम्बन्धित समाचार
आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
क्रिटिक्स अवार्ड विजेतामा हरिवंशदेखि मीन भामसम्म
तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
‘आचार्य’ लिएर ११ वर्षपछि निखिल
नेपालमा पनि बन्न थाल्यो पुरानो चलचित्रको ‘रिमेक’
‘धुरन्धर’को डिजिटल रिलिज अदालतबाट खुल्ला
‘पार्वती’को रत्यौली गीतमा दीपाश्रीको छेडखानी






