काठमाडौं । भारतीय सीमावर्ति क्षेत्र सुस्ताका बासिन्दाले नागरिकता र भूमि अधिकारको माग गर्दै माइतीघरमा धर्ना दिएका छन् ।
सुस्ताको माटो बोकेर सरकारलाई घचघच्याउन आएका उनीहरूले भारतीय पक्षबाट आफूहरू थप पेलिन थालेको गुनासो गरेका छन् । भारतीय अतिक्रमण रोक्न कुटनीतिक पहल र सीमा सुरक्षा मजबुत गरिनुपर्ने, सुस्ताबासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा दिइनुपर्ने उनीहरूको प्रमुख माग छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको सीमा’bout संसदमा विवादास्पद भनाइपछि भारतीय सुरक्षाकर्मीबाट थप प्रताडित हुनुपरेको प्रदर्शनकारीले बताएका छन् ।
‘सुस्ता बचाउ अभियान’ को आव्हानमा सुस्ताबासीले धर्नासहितको आन्दोलन थालेका हुन् । आफ्ना पीडा बताउन पटक(पटक प्रधानमन्त्रीको सचिवालयमा अनुरोध गरे पनि समय नदिइएको उनीहरूको गुनासो छ ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
समाचारको विषयमा पालिका अध्यक्ष थापाले दिए पत्रकारलाई धम्की
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई
रास्वपा उपसभापतिमा सोविता निर्वाचित
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति’bout संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
पूर्वमन्त्री पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो






