काठमाडौं । सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)
सम्बन्धित समाचार
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
प्रतिनिधिसभा बैठक किन भयो स्थगित?
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
नागरिकता र भूमि अधिकारको माग गर्दै माइतीघरमा सुस्ताबासीको धर्ना
लागुऔषधसहित पाँच जना पक्राउ
रास्वपा अनुशासन आयोगको प्रमुखमा पौडेल






