मुम्बई । तमिलनाडुका मुख्यमन्त्री थलापति विजयको बहुप्रतिक्षित चलचित्र ‘जन नायकन’ लामो समयदेखि अड्केको छ । यो चलचित्रको रिलिज मिति पटक पटक घोषण गरियो । तर अझै रिलिज हुन सकेको छैन ।
सन २०२६ को को सुरुमा रिलिज हुने भनिएको यस चलचित्र सेन्सरको लफडाका कारण आधा वर्ष बितिसक्दा पनि अझै रिलिज भएको छैन। यता मुख्यमन्त्री बनेका विजयले अब चलचित्रमा अभिनय नगर्ने घोषणा गरेका छन् । उनको यो घोषणाले पनि दर्शकहरू विजयको यो चलचित्र हेर्न आतुर छन् ।
सेन्सर बोर्डका एक सदस्यले केही दृश्यहरूको ’boutमा आन्तरिक उजुरी दर्ता गरेपछि चलचित्रको प्रमाणीकरण रोकिएको थियो । जसमा यी दृश्यहरूले जनभावनामा चोट पु¥याउन सक्ने आरोप लगाइएको थियो । बोर्डले चलचित्रलाई संशोधन समितिमा पठाउन सिफारिस गरेपछि, यसको निर्माण गृहले सेन्सर स्वीकृति प्रक्रियालाई छिटो बनाउन अनुरोध गरेको छ । यसको लागि मद्रास उच्च अदालतमा अपिल समेत ग¥यो । निर्माताहरू र सीबीएफसी बिच एक महिना लामो कानुनी लडाइँ समेत चल्यो ।
निर्माताहरूले पछि आफ्नो उजुरी फिर्ता लिने र चलचित्रलाई संशोधन समितिमा फिर्ता पठाउने निर्णय गरे। यद्यपि, स्वीकृति अझै भएको छैन । यसैबिच चलचित्र ‘जन नायकन’ गत ९ अप्रिलमा अनलाइन लिक भएको थियो । त्यो लिकलाई भने हटाइएको छ ।
अब यो चलचित्रलाई चाँडो भन्दा चाँडो आफूहरू रिलिज गर्न आतुर रहेको निर्माण पक्षले जनाएको छ । मुख्यमन्त्री रहेका थलापति विजयले समेत यो चलचित्रलाई रिलिज गर्नु पर्ने सुझाव निर्मातालाई दिएका छन् ।
विजयको चाहनालाई बुझ्दै सेन्सर बोर्डले यसको प्रमाणीकरण प्रक्रिया अघि बढाएको छ । आफूहरूले चाँडै स्वीकृति प्रदान गर्ने बोर्डका पदाधिकारीहरूले बताएका छन् । चलचित्रका निर्माताहरूले यस महिनाको अन्त्यतिर रिलिजको तयारी गर्ने बताएका छन् । आफूहरूको यो घोषणासँगै प्रमाणीकरण प्रक्रिया चाँडै अगाडि बढ्ने उनीहरूको कथन छ ।
निर्माण पक्षका अनुसार चलचित्र ‘जन नायकन’ सुरुमा ९ जनवरीमा रिलिज हुने तालिका थियो, तर सेन्सर बोर्डको प्रमाणीकरण बाँकी रहेका कारण त्यति बेला आफूहरूले ल्याउन नरहेको उनीहरूले बताएका छन् । त्यसको लगभग ६ महिना ढिलाइ भएकोमा निर्माण पक्षले दर्शकसँग माफी समेत मागेका छन् ।
पछिल्लो समाचार अनुसार, ‘जन नायकन’ले यस हप्ता भित्र सेन्सर बोर्डबाट प्रमाणपत्र प्राप्त गर्ने अपेक्षा गरिएको छ। तमिल प्रमाणीकरण पछि, तेलुगु र हिन्दी सेन्सर सिप प्रक्रियाहरू पनि अघि बढ्ने छन् । चलचित्रले प्रमाणीकरण प्राप्त गरेपछि विदेशी र क्षेत्रीय वितरकहरूसँग वार्ता सुरु हुने यसका निर्माताहरूले बताएका छन् ।
निर्माताहरूले सेन्सर पास जति चाँडै भयो उत्ति चाँडै रिलिज गर्ने भन्दै २३ जुलाई र ३१ जुलाई सहित दुई वटा मिति तय गरेका छन् । तर विजयका छोरा जेसन सञ्जयको निर्देशनमा डेब्यू, चलचित्र ‘सिग्मा’ ३१ जुलाईमा रिलिज हुने हुँदा यसलाई वितरकले अगस्टमा रिलिज गर्नु पर्ने सुझाव दिएका छन् ।
यसलाई रिलिज गर्न ७ अगस्टको लागि वितरकको सुझाव छ । तथापि मुख्य मन्त्री रहेका अभिनेता थलापति विजयदेखि निर्माताहरू समेत अहिले यो चलचित्र सेन्सर बोर्डबाट चाँडो भन्दा चाँडो प्रमाणीकरण हो भन्ने प्रतीक्षामा छन् । प्रमाणीकरण भएको १५ दिनमै चलचित्र ल्याउने तयारीमा आफूहरू जुटेको निर्माण पक्षको कथन छ ।
सम्बन्धित समाचार
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’
चलचित्र अध्यापन कलेजबिच नाटक घरको प्रतिस्पर्धा
ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
धान रोप्न खेतमा चलचित्र ‘हली’का कलाकार
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
अवैध अमेरिका छिर्नेहरुको पीडामा डा. चन्द्रले ल्याए ‘डंकी’






