काठमाडौं । विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘कान्स फिल्म फेस्टिभल’ ‘जुरी पुरस्कार’ जितेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले अब ओस्कार अवार्डमा नेपालको तर्फबाट भाग लिने भएको छ । ओस्कारमा भाग लिनकै लागि आगामी भदौको अन्तिम सातासम्म सम्बन्धित चलचित्र प्रदर्शन गर्नु पर्ने हुन्छ । त्यसैले ओस्कारमै सहभागी हुन ‘एलिफेन्ट्स इन द फग’ प्रदर्शन मिति घोषणा गरिएको छ । यो मितिमा अरू दुई वटा चलचित्र रिलिजको तयारी हुँदै छ । तथापि आगामी १९ भदौ कृष्ण जन्म अष्टमीको अवसरमा ‘एलिफेन्ट्स इन द फग’ नेपालका चलचित्र घरमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नौबाग, आकांक्षा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । नेपालको झापामा छायांकन गरिएको यो चलचित्रमा जंगली हात्तीको आतंकबाट आक्रान्त गाउँमा बस्ने स्थानीय र अल्पसंख्यक समुदायले जंगली हात्ती विरुद्ध गर्नु परेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
यो चलचित्रलाई अविनाश विक्रम शाहले निर्देशन गरेका हुन् । चलचित्रको लेखक पनि उनी आफैँ हुन् । कान्समा पुरस्कृत भएपछि यो चलचित्र हेर्न धेरै दर्शक उत्साहित भएकाले यसलाई भदौमा रिलिज गर्न लागिएको अविनाशले बताएका छन् ।
आगामी १४ मार्चमा आयोजना हुने विश्व प्रतिष्ठित ओस्कारको लागि चलचित्र सहभागी गराउन आगामी असोजबाट फारम खुल्दै छ । फारम खुल्नु अघि सम्बन्धित चलचित्र रिलिजसहित एक हप्ता प्रदर्शन भएको हुनुपर्ने ओस्कारको नियम रहेको छ । सोही कारण पनि १९ भदौमा यसलाई नेपालमा रिलिज गर्न लागिएको यसको निर्माण पक्षले जनाएको छ ।
नेपालबाट अहिलेसम्म कान्स फेस्टिभलमा ‘जुरी प्राइज’ जित्ने चलचित्र यो नै पहिलो हो । यसले विश्वमा नेपालको नाम चिनाएको भन्दै यसै साता काठमाडौँ महानगर पालिकाको तर्फबाट कार्यकारी प्रमुख
सुनिता डंगोलले प्रोत्साहन स्वरूप १० लाख रुपैयाँ प्रदान गरिन् । टोल टोलमा चलचित्र घोषणा समारोहमा यो चलचित्रलाई १० प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । यस्तै चलचित्र विकास बोर्डले पनि यस चलचित्रका निर्मातालाई गत साता प्रोत्साहन स्वरूप २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।
सम्बन्धित समाचार
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
विदेशमा नेपाली चलचित्रको कमाई स्वदेश भित्राउन चोर बाटो
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’
तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
चलचित्र अध्यापन कलेजबिच नाटक घरको प्रतिस्पर्धा






