फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ ।
पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखि सुरु भएको सातामा अघिल्लो साताको तुलनामा दुई हजार २५ जना थपको मृत्यु भएको छ । यो २९.१ प्रतिशतको वृद्धि हो । संस्थाले हाल उपलब्ध तथ्याङ्क अपूर्ण रहेकाले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्ने जनाएको छ ।
सबैभन्दा बढी प्रभाव पेरिस क्षेत्रमा देखिएको छ । पेरिसमा सोही अवधिमा मृत्यु ६२ प्रतिशतले बढेको छ । पेस डे ला लोयर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ ।
गत जुनमा फ्रान्सले करिब ११ दिनसम्म जारी रहेको इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो । देशका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस घटनापछि जलवायु परिवर्तनसँग जुध्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन् । हरित दलले यसै विषयलाई लिएर सरकारविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता गरेको छ ।
स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् २००३ को विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताए । सन् २००३ को गर्मीका कारण फ्रान्समा करिब १५ हजार जनाको मृत्यु भएको थियो । तिनमा अधिकांश वृद्धवृद्धा थिए ।
पेरिस सार्वजनिक अस्पताल प्रणालीका महानिर्देशक निकोलस रेभेलले यस वर्षको गर्मीका कारण हुने कुल मृत्यु सन् २००३ भन्दा कम रहने अपेक्षा गरिएको भए पनि गत वर्षको गर्मीको घटनाको तुलनामा भने बढी हुन सक्ने बए ।
सम्बन्धित समाचार
अमेरिका-इरान वार्ता आज
कतारको रास लाफान ग्यास प्लान्टमा भीषण विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते
एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो पत्रकार थिए
कतारमा ग्याँस प्लान्ट विस्फोटमा नेपाली घाइते
‘स्टेट अफ हर्मुजमा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य’
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० पुग्यो
अमेरिकीदूत दोहामा, इरानसँग प्रत्यक्ष वार्ताको योजना नरहेको कतारको स्पष्टोक्ति






