इजिप्ट पहिलोपटक अन्तिम १६ मा

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा अस्ट्रेलिया पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४–२ ले पराजित गर्दै इजिप्ट इतिहासमा पहिलो पटक प्रि–क्वाटरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न असफल हुँदा इजिप्ट विजयी भयो ।

त्यसअघि खेलको १३औं मिनेटमा इमाम आशौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए । तर, खेलको ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत गरेको क्लिरेन्स आफ्नै गोलपोष्टमा छिर्दा अस्ट्रेलिया खेलमा फर्कियो ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

चौथोपटक विश्वकप खेलेको इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको हो । यसअघि इजिप्ट समूह चरणबाटै बाहिरिँदै आएको थियो । इजिप्टले अब जुलाई ७ मा एटलान्टामा हुने ‘राउन्ड अफ १६’ को खेलमा साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको विजेताको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

…अनि बद्लियो युरोपेली लय