काठमाडौं । उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीको अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले साहित्य तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्याएका तीन स्रष्टालाई ‘डायमनशमशेर राणा प्रतिभा सम्मानरपुरस्कार’ प्रदान गरेको छ।
प्रतिष्ठानले डायमनशमशेर राणाका ऐतिहासिक उपन्यासमाथि विद्यावारिधि गरेका डा. टीकाराम पोखरेल, ‘डायमनश्री’ महाकाव्यका रचनाकार माधव वियोगी तथा राणाको जीवन, व्यक्तित्व र कृतित्व’bout अनुसन्धान गरेका उपप्राध्यापक डा। विष्णु न्यौपानेलाई सम्मान गरेको हो। सम्मानस्वरूप प्रत्येकलाई नगद रु। २५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।
डा. पोखरेलले डायमनशमशेरका ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको प्रयोग, ऐतिहासिकता, औपन्यासिक शिल्प तथा इतिहास र साहित्यबीचको सन्तुलनको सैद्धान्तिक अध्ययन गर्दै वि.सं. २०६६ मा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। माधव वियोगीले डायमनशमशेरको जीवनी र साहित्यिक योगदानलाई आधार बनाएर ‘डायमनश्री’ महाकाव्य लेखेका हुन्। त्यस्तै, डा. विष्णु न्यौपानेले डायमनशमशेरको जीवन, व्यक्तित्व र कृतित्वसम्बन्धी अनुसन्धानमूलक पुस्तक तयार गरेका छन्।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले डायमनशमशेर राणाले ऐतिहासिक उपन्यास लेखनमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताए। उनले नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनामा राणा परिवारको भूमिकासमेत महत्त्वपूर्ण रहेको चर्चा गर्दै ऐतिहासिक उपन्यास लेखनमा डायमनशमशेरसँग तुलना गर्न सकिने अर्को उपन्यासकार नेपालमा नभएको धारणा व्यक्त गरे।
साहित्यकार डा। तुलसीप्रसाद भट्टराईले प्रजातन्त्रका लागि संघर्षका क्रममा डायमनशमशेरको सम्पत्ति सर्वस्वहरणमा परे पनि उनको साहित्यिक योगदान आजसम्म उत्तिकै चर्चित रहेको बताए। समालोचक प्रा। डा। गोविन्दराज भट्टराईले डायमनशमशेरको ‘गृहप्रवेश’ उपन्यास चामत्कारिक यथार्थवाद ९म्याजिक रियालिजम० को प्रभावमा लेखिएको कृति भएको उल्लेख गरे।
सम्मानित व्यक्तित्व डा। टीकाराम पोखरेलले डायमनशमशेरका उपन्यासमा ऐतिहासिक तथ्य र औपन्यासिक कलाको सन्तुलित समन्वय भएकाले उनका कृतिहरू नेपाली ऐतिहासिक उपन्यासका क्षेत्रमा शिखर स्थानमा रहेको बताए। माधव वियोगीले ‘डायमनश्री’ महाकाव्यमा डायमनशमशेरलाई नायकका रूपमा प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको बताए भने डा। विष्णु न्यौपानेले डायमनशमशेरको व्यक्तित्व र कृतित्व’bout प्रकाश पारे।
सम्बन्धित समाचार
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’
चलचित्र अध्यापन कलेजबिच नाटक घरको प्रतिस्पर्धा
ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
धान रोप्न खेतमा चलचित्र ‘हली’का कलाकार
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
अवैध अमेरिका छिर्नेहरुको पीडामा डा. चन्द्रले ल्याए ‘डंकी’






