एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ टोलीको टाइटल स्पोन्सर

काठमाडौं । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ फ्रेन्चाइज टोलीसँग ३ वर्षे टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ।

सम्झौताअनुसार काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सको खेल जर्सीको अगाडिको भागमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।

सोमबार आयोजित कार्यक्रममा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यो सहकार्य नेपाली क्रिकेटको व्यावसायिक विकासका लागि महत्वपूर्ण हुने बताए। कम्पनीले पनि साझेदारीले ब्रान्ड प्रवर्द्धनसँगै नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार, सय दिन र संशय