मद्रास । बलिउड तथा दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले गत महिना मात्र ठुला ब्यानरका दुई वटा चलचित्रको प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । आफू केही महिना अझै व्यस्त रहेको उनको कथन थियो । उनको यस्तो जवाफले सामन्था रुथ आमा बन्दै छिन भन्ने धेरैको अड्कल थियो ।
तर यति बेला एउटा भिडियो भाइरल भएपछि धेरैले सामन्थालाई अहिले उनलाई दोस्रो विवाह फापेको प्रतिक्रियासहित बधाई र शुभकामनाको आइरो लागेको छ । आफूलाई एकाएक बधाई र शुभकामना आएपछि उनी छक्क परेकी छिन् । धेरैले उनलाई आमा बन्न लागेको भन्दै बधाई दिएका छन् । जुन कुराले यी अभिनेत्रीलाई अहिले अचम्म बनाएको छ । तर उनले यो ’boutमा आधिकारिक भनाई व्यक्त गर्न चाहेकी छैनन् ।
अहिले उनको भाइरल भइरहेको भिडियोमा यस्तो प्रतिक्रिया आएको हो । उनी चलचित्र निर्माता राज निदिमोरुसँग आफ्नो हालै रिलिज भएको चलचित्र ‘मा इन्ती बंगाराम’ को सफलता मनाउँदै गरेको देखिएकी छिन् । यो चलचित्र गत १९ जुनमा रिलिज भएको थियो ।
भाइरल भिडियोमा अभिनेत्रीको सामन्थाको पेट ठुलो देखिएको छ । उनको यो पेटलाई शुभचिन्तक तथा दर्शकले ‘बेबी बम्प’को रूपमा व्याख्या गरेका छन् । यद्यपि, अभिनेत्री सामन्थाले अझै गर्भावस्थाको ’boutमा पुष्टि गरेकी छैनन् । उनले दुई चलचित्रमा हाल काम गर्ने समय नभएको भन्दै प्रस्ताव अस्वीकार गर्नुलाई उनी आमा बन्न लागेको भनेर शंका गरिएको थियो ।
अभिनेत्री सामन्थाले केही वर्ष अघि अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् । तर उनीहरूको विवाह चारसम्म मात्र सीमित रह्यो । अभिनेता नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेपछि यी अभिनेत्रीले दोस्रो विवाह ६ महिना अघि गरेकी हुन् ।
गत वर्ष १ डिसेम्बरमा राज निदिमोरुसँग उनले कोइम्बटूरको इसा योग केन्द्रमा रहेको लिंग भैरवी मन्दिरमा गोप्य रूपमा विवाह गरेकी थिइन् । अहिले उनको पेट ठुलो देखिएको एउटा भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । सामन्थाले हालै एउटा चलचित्रको काम सम्पन्न गरिन् । उनी अहिले आराममा छिन् ।
सम्बन्धित समाचार
तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता
‘धुरन्धर’को डिजिटल रिलिज अदालतबाट खुल्ला
‘पार्वती’को रत्यौली गीतमा दीपाश्रीको छेडखानी
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
पोखरेल, वियोगी र न्यौपानेलाई डायमनशमशेर प्रतिभा पुरस्कार
‘असारे घाँसे जुहारी’ सार्वजनिक
तेस्रो दाम्पत्य सम्बन्धमा बाँधिए अभिनेता आमिर
आमिरको विवाह’bout सलमानको व्यंग्य भिडियो भाइरल






