लस एन्जलस । विगत एक दशकदेखि अलग बस्दै आएका हलिउड अभिनेता विल स्मिथ र उनकी श्रीमती जाडा पिन्केट यति बेला फेरीसँगै बस्न थालेका छन् ।
यी जोडीको विवाह लगभग २९ वर्ष भइसकेको छ । ५७ वर्षीय विल स्मिथ र ५४ वर्षीया जाडाको विवाह १९९७ मा भएको थियो । विल स्मिथले आफू र श्रीमती सन २०१६ देखि छुट्टाछुट्टै बस्दै आएका तीन वर्ष अघि बताएका थिए । यद्यपि उनीहरूले सम्बन्ध विच्छेदको लागि कहिल्यै आवेदन दिएनन्।
पिपल पत्रिकाका अनुसार, विल स्मिथ र उनकी श्रीमती जाडा पिन्केट पछिल्लो समय फेरि सँगै बस्दै आएका छन् । पहिले छुट्टाछुट्टै घरमा बस्दै आएका उनीहरू एउटै घरमा बसेर अहिले खुसी जीवन बिताइरहेका छन् । उनीहरूले एक अर्कालाई माया गर्न थालेका आफन्तले जनाएका छन् ।
हालै, यी जोडी पेरिस फेसन विकको समयमा सँगै देखिएका थिए । उनीहरू आफ्नो छोरा, जेडेन स्मिथलाई सहयोग गर्न यो फेशन सोमा आएका थिए । छोरा र परिवारको सहयोगले पनि उनीहरू पुन जोडिएको समाचार छ । तर यस विषयमा उनीहरूले प्रतिक्रिया दिएका छैनन् । अहिले यी जोडी प्राय सँगै देखिने गरेका छन् ।












