पौवादुङमा ५ देखि १३ वर्षका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा

भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा ‘वृहत् शैक्षिक भेला २०८३’ सञ्चालन गरिएको छ । जनप्रतिनिधि, सरोकारवालासँगै गाउँपालिकाभित्र रहेका ३२ वटा विद्यालयका शिक्षकको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

भेलामार्फत शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालाबीच शैक्षिक सुधार, विद्यार्थी भर्ना अभियान, सिकाइ उपलब्धि अभिवृद्धि तथा विद्यालय व्यवस्थापनका विविध विषयमा विस्तृत छलफल गरिएको छ ।

यसै अवसरमा पौवादुङमा गाउँपालिकाभित्र ५ देखि १३ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले यस उपलब्धिले अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनमा महत्वपूर्ण सफलता हासिल भएको बताए ।

गाउँपालिका अध्यक्ष किरण राईले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिए । उनले गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक नीति, योजना तथा स्रोतसाधन व्यवस्थापनमा प्राथमिकता दिँदै आएको बताए ।

साथै, शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री तथा जीवनोपयोगी बनाउनेतर्फ स्थानीय तह प्रतिबद्ध रहेको धारणा राखे ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्न अभिभावक, शिक्षक तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको बताइन् । उनले आर्थिक, सामाजिक तथा भौगोलिक कारणले शिक्षा पहुँच बाहिर रहेका बालबालिकालाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । साथै, शिक्षालाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रवाहका लागि आवश्यक समन्वय, अनुगमन तथा मूल्यांकन प्रणालीलाई सुदृढ बनाउँदै लगिएको उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी शिक्षकहरूले सिकाइ उपलब्धि सुधार, विद्यार्थी नियमितता, विद्यालय वातावरण सुधार तथा नवप्रवर्तनात्मक शिक्षण विधिको प्रयोग’bout आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

नेतृत्वसँगै समृद्धिको बाटो : षडानन्दका मेयर उदासको लोभलाग्दो कृषि कर्म