बाल मन्दिरको जग्गा हिनामिनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार सीआईबीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा चलाइनेछ ।

उनीहरूलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र