काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।
अभियुक्त पन्तले एकजना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै रु १६ लाख र खत्रीले दुबई पठाउने बहानामा छजनाबाट रु २३ लाख असुलेका थिए । दुवै अभियुक्तलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको छ ।
यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौं, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)
सम्बन्धित समाचार
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगियो
लागुऔषधसहित पाँच जना पक्राउ
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो






