मौलापुरमा प्रशासकीय अधिकृत नपठाएपछि आन्दोलनकारीले जलाए प्रधानमन्त्रीको पुतला

काठमाडौं ।  रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह ९वालेन०को पुतला दहन गरिएको छ । वालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन भएको छ । 

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन् । 

विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ । सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पुरा नगरेपछि मन्त्रालय फिर्ता बोलाए पनि अर्को अधिकृत नपठाएर बजेट प्रिज गर्ने काम भएको छ । 

प्रधानमन्त्री वालेनले सुशासनको बर्ष मनाइरहेको र सदाचारको नीतिमा अगाडी बढीरहेको बताउदै गर्दा मौलापुरमा हाकिम विहीन बनाउने कामले स्थानीय सेवाग्राही आक्रोशित भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुशासन र सदाचारको धज्जी उडाउदै मौलापुरमा हाकिम पठाउँ नचाहेको आरोप स्थानीय बासिन्दाको छ ।  

मौलापुर नगरपालिकामा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे महिनौदेखी वेपता छन् । तर सामान्य प्रशासन मन्त्रालयले अझै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा मौलापुरमा सेवाग्राही, लाभावन्ती एवं नगर शिक्षकहरु यस अघिदेखी नै आन्दोलनमा गर्दै आएका छन् । 

६ महिनादेखी तलब नपाएका मौलापुरका नगरशिक्षकहरु पेन डाउन गरेर तलबको माग गर्दै आन्दोलन गरेपनि संघीय सरकारले उनीहरुको मागको सुनुवनाई गरेन् । यसैगरी, बहुक्षेत्रिय पोषण कार्यक्रमका लाभावन्ती सुत्केरी र गर्भवतीहरु समेत हाकिम नभएपछि आक्रोशित छन् । साथै सरसफाई कर्मचारीले तलब नपाउँदा काम छोडेपछि मौलापुर लथालिङको अवस्थामा पुगेको छ । 

सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार बर्षौदेखी बिजुली, पानीको भुक्तानी नरोक्न आदेश भए पनि मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएपछि सो भुक्तानी नुहुने देखिएको छ । 

हालै सर्वोच्च अदालतले मौलापुरको जनमुखी तथा गौरवका आयोजनाहरू निशुल्क बिजुली, निशुल्क पानी लगायतका कार्यक्रमको भुक्तानी नरोक्न अन्तरिम आदेश गरेको छ । तर सामान्य प्रशासन मन्त्रालयका मन्त्री प्रतिभा रावलको मनोमानी काम र प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा मौलापुर लथालिङ बनाउने काम भएको छ ।  

मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन नेतृत्वको सरकारले बजेट फ्रिज गराएको गम्भिर आरोप मेयर रिना साहले लगाएकी छन् । कर्मचारी रिक्तता गराएर बजेट फ्रिज गराउने षडयन्त्रमा संघीय सरकार नै लागेको गम्भिर आरोप उनले लगाएकी छन । मेयर साहले बजेट कार्यान्वयन र भुक्तानी गर्ने महत्वपूर्ण समयमा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाई स्थानीय तहलाई गतिरोध तर्फ धकेलिएको र बजेट फ्रिज गराउने नियत अनुसार संघीय सरकारले काम गरेको आरोप उनको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

बाल मन्दिरमा भएको ठगी अभियोगमा पक्राउ व्यक्ति सार्वजनिक