काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सामेल छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको सडक र सदनमा विरोध भइरहेको छ।
तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)
सम्बन्धित समाचार
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने
हतारमा पार्टी एकता गर्ने पक्षमा छैनः नेकपा संयोजक प्रचण्ड
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
पौडेललाई फेरि पाँच दिन हिरासतमा राख्न म्याद थप
पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ






