वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधानका व्यवस्थाका कारण मुलुकले अपेक्षित निकास र विकासको बाटो समात्न नसकेको बताएका छन्।
वीरगञ्जस्थित टाउनहलमा आयोजित अग्रगामी मोर्चाको भेलालाई सम्बोधन गर्दै साहले वर्तमान संविधानलाई ‘सपनाको संग्रह’ र ‘झुटा आश्वासनको पुलिन्दा’को संज्ञा दिए। उनले संविधान निर्माणका क्रममा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाइएको आरोप लगाउँदै संविधान निर्माणका तक्मा लिनेहरुलाई दण्डित गर्नुपर्ने बताए ।
आजपा अध्यक्ष साहले देशको वर्तमान अवस्था बिग्रनुको मुख्य कारण संवैधानिक व्यवस्था नै भएको दाबी गरे। उनका अनुसार व्यवस्था सही नभएसम्म सरकार परिवर्तन वा गरेर मात्रै मुलुकको अवस्थामा सुधार ल्याउन नसक्ने बताए।
उनले वर्तमान संविधानका विभिन्न प्रावधानप्रति प्रश्न उठाउँदै सातवटा विषय प्रस्तुत गरे। गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्था, संघीय संरचनामा तीन तहका सरकार, राजनीतिक दलको संसदीय संस्थामाथिको प्रभाव, समानुपातिक प्रतिनिधित्वमा खस–आर्यको समावेश, भाषा तथा संस्कृतिसम्बन्धी संवैधानिक व्यवस्था, मौलिक हकको कार्यान्वयन र राजनीतिक प्रतिस्पर्धामा दलीय प्रभाव’bout उनले आलोचना गरे।
साहले नेपालको संघीय संरचनामा तीन तहका सरकार रहेकाले अधिकार र पहिचानको प्रश्न अझै समाधान हुन नसकेको बताए । त्यस्तै, निर्वाचित संस्थामाथि राजनीतिक दलको नियन्त्रण रहेको भन्दै यसलाई लोकतन्त्रको मर्मविपरीत भएको बताए।
उनले संविधानमा उल्लेख गरिएका मौलिक हकहरूको कार्यान्वयन व्यवहारमा हुन नसकेको बताउदै कार्यान्वयन गर्न नसकिने अधिकार सुनिश्चित गर्नुको औचित्यमाथि प्रश्न उठाए।
साहले संविधान निर्माणका क्रममा भएका कमजोरी सच्याउनुपर्नेमा जोड दिँदै वर्तमान संवैधानिक व्यवस्थामा सुधार नगरेसम्म देशले सही दिशा लिन नसक्ने बताए।
उनले भने, “गलत संवैधानिक प्रावधानलाई समयमा सच्याइएन भने देशले सही दिशा लिन सक्दैन। यसर्थ विकृत व्यवस्थालाई बिदा गरेर सिस्टम सुधारको दिशामा अघि बढ्नुपर्छ।”
साहले संविधान निर्माणका क्रममा भएका निर्णय र त्यसमा संलग्न राजनीतिक नेतृत्वको भूमिकामाथि पुनरावलोकन आवश्यक रहेको बताउँदै संविधान निर्माणका ‘तक्मा’ लिनेहरूलाई समेत दण्डित गर्नुपर्ने धारणा व्यक्त गरे।
सम्बन्धित समाचार
‘सर्वजनिक बिदा दिएर सस्तो प्रचार नगर’
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने
देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैनः गगन थापा
सप्तरीमा सुत्केरीले स्वास्थ्य सेवा नपाएको घटनाप्रति महिला संगठनको गम्भीर आपत्ति
‘मधेश आन्दोलनको निर्मम समीक्षा गरौँ, नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’
नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
घाउमा नुन छर्किएजस्तो प्रस्ताव स्वीकार्य छैन: प्रकाशशरण महत






