धनगढीमा एकीकृत भान्साघर, ४ हजार विद्यार्थीले पोषणयुक्त दिवा खाजा पाउने

धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय तथा पोषणयुक्त दिवा खाजा खुवाउन नेपालमै काठमाडौं उपत्यकापछि पहिलो एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ ।

साउन १ गतेदेखि सञ्चालनमा आउने भान्साघरबाट वडा नम्बर १ देखि ८ सम्मका २१ वटा सामुदायिक विद्यालयका करिब ४ हजार विद्यार्थी लाभान्वित हुनेछन् ।

शनिबार आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिका–७ का वडा अध्यक्ष मोती राना थारू ले भान्साघरको उद्घाटन गरे ।

उपमहानगरका अनुसार बालविकासदेखि कक्षा ५ सम्मका ३ हजार ७९५ विद्यार्थीले नियमित रूपमा यही भान्साघरमा तयार गरिएको दिवा खाजा पाउनेछन् । त्यस्तै सरस्वती आधारभूत विद्यालय, शान्तिनगरका कक्षा ८ सम्मका सबै विद्यार्थीलाई पनि दिवा खाजा उपलब्ध गराइनेछ ।

धनगढी–७ स्थित नवज्योति आधारभूत विद्यालय मिलान पछि खाली भएका दुई भवन र करिब २ कठ्ठा जग्गामा भान्साघर स्थापना गरिएको छ ।

यसका लागि उपमहानगरले पूर्वाधार, भवन मर्मत, भान्सा सामग्री र ढुवानीमा १ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । विश्व खाद्य कार्यक्रमको ८६ लाख सहयोगसहित परियोजनाको कुल लागत २ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

उपमहानगरको विश्वास छ, यसले विद्यार्थीको पोषण अवस्था सुधार, स्वास्थ्य संरक्षण र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्नेछ ।

कार्यक्रममा नगरप्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनक भट्ट, कार्यपालिका सदस्य, वडा अध्यक्षहरू र दिवा खाजा व्यवस्थापनको जिम्मा लिएको फुड फर लाइफ संस्थाका प्रतिनिधि उपस्थित थिए ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा