काठमाडौं । बेलायतमा हुँदै आएको ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) को तेस्रो संस्करण यस वर्ष नेपालमा आयोजना हुने भएको छ।
आगामी साउन ३० गते काठमाडौंमा अवार्ड समारोह आयोजना गरिने आयोजक संस्था इनफा इभेन्ट्स यूके र इनफा नेपालले जनाएको छ।
अवार्डमा सहभागी फिल्ममध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्न आइतबार आयोजित कार्यक्रममा अवार्ड निर्देशक मनीष कार्कीले २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० फिल्ममध्ये विभिन्न विधामा उत्कृष्ट पाँचमा छनोट भएका कलाकार तथा प्राविधिकलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए।

अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्य रहेको आयोजकले जनाएको छ।
निर्णायक समितिका संयोजक हरिहर शर्माले निष्पक्ष मूल्यांकनका आधारमा निर्णय गरिएको बताए। ‘हरेक अवार्डमा विजेता खुसी र छुट्ने पक्ष असन्तुष्ट हुन सक्छन्। तर हाम्रो समितिले कुनै पूर्वाग्रह नराखी विवेकपूर्ण र निष्पक्ष ढंगले निर्णय गरेको छ’, उनले भने।
अवार्ड समारोहमा कूल ३२ विधामा पुरस्कार प्रदान गरिनेछ। दीर्घसाधना सम्मानबाट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई रु एक लाख ११ हजार १११ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता भुवन केसी, प्रमोद अग्रहरि, अभिनेत्री जसिता गुरुङ, खुसी कार्की, उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, पूर्णेन्दु झा, सुदिप्ता अधिकारीलगायत फिल्मकर्मीको उपस्थिति थियो।
सम्बन्धित समाचार
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
जाँच समितिले किन हटायो धुमपान र मद्यपानका सचेतना ?
मौलिक गीत बिगार्ने ९५ वटा युट्युब च्यानल विरुद्ध उजुरी
चलचित्र निर्माणमा उत्रिए यी संगीतकार
एमाले उपाध्यक्ष पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
सन्नी देओल फेरी भारत पाकिस्तान विभाजनको चलचित्रमा
तेस्रो दाम्पत्य सम्बन्धमा बाँधिए अभिनेता आमिर






