बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो ।
सोमबारदेखिको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । सडक अवरुद्ध हुँदा पोखरा, काठमाडौं जाने सवारीसाधान चल्न सकेका छैनन् ।
काठमाडौंदेखि बागलुङको बुर्तिबाङ, रोल्पा, रुकुम, डोल्पालगायत पश्चिम नेपाल छुटेको यात्रीबस पनि सडकमै अलपत्र परेको प्रहरी नायब उपरीक्षक त्वातीले बताए । सडकमा पहिरोसहित ठूलो ढुङ्गा अडिदा सडक खुलाउन केही समय लाग्ने देखिएको छ । उनले भने, “सडकमा ठूलो पहिरो खसेको छ, तत्कालै खुलाउन सकिने अवस्था छैन, यद्यपि खुलाउने प्रयास भइरहेको छ ।”
सम्बन्धित समाचार
मूल्य घटेपछि पेट्रोलियम पदार्थको अभाव, निगमले खटायो तीन टोली
इन्धनको मूल्य घटेपछि सस्तियो हवाइ भाडा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
कर्णाली दुर्घटनाको विषयमा रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन
बैतडीमा घर भत्किँदा तीन जना घाइते
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ टोलीको टाइटल स्पोन्सर
कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र






