काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दिगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गङ्गादेवी श्रेष्ठले कूटनीतिक प्रयासमार्फत नेपाल–भारत सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव दिइन् ।
नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाहीले आरोपप्रत्यारोप त्यागेर समृद्धिको जनअपेक्षा पूरा गर्नेतर्फ सबैको प्रयास केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।
श्रम संस्कृति पार्टीका अम्बिकादेवी सङ्ग्रौलाले नागरिकको जीउधनको रक्षा गर्ने जिम्मेवारी सत्ता र प्रतिपक्ष दुवैको भएको उल्लेख गर्दै कानुनी शासन कायम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहीर अलि भाटले सदनको गतिरोध अन्त्य गरेर सभाका कामकारबाहीलाई व्यवस्थित बनाउने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुखलाई सुझाव दिए ।
त्यसअघि बैठक प्रारम्भ हुने बित्तिकै विपक्षी दलहरूले आसनबाट उठेर विरोध जनाएका थिए ।
सम्बन्धित समाचार
राष्ट्रपतिले संविधानको रक्षा गर्न सक्नुभएन, तत्काल राजीनामा दिँदा देशको भलो हुन्छ : प्रभु साह
कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा आचार्य नियुक्त
संवैधानिक परिषद्को बैठक बस्दै
सरकारका कारण जेनजी आन्दोलनको मुद्धा ओझेलमा : साह
कर्णाली दुर्घटनाको विषयमा रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
मिडियाको कार्यालयअघि गाडी तेर्स्याइएको विषयमा रास्वपाले के भन्यो ?






