धनगढी । प्रदेश सभाबाट आर्थिक विधेयक पारित हुन नसकेपछि बजेट शून्यताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशमा राजस्व संकलन भने जारी रहने भएको छ ।
आर्थिक मामिला मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै आर्थिक विधेयक प्रमाणीकरण नभएसम्म सामयिक राजस्व संकलन सम्बन्धी ऐन, २०८१ को व्यवस्था अनुसार राजस्व संकलन गरिने जनाएको हो ।
मन्त्रालयका अनुसार साउन २ गतेदेखि गत आर्थिक वर्षकै आर्थिक ऐनमा तोकिएको दरअनुसार राजस्व उठाइनेछ ।
बजेटसम्बन्धी विवादका कारण प्रदेश सरकारले दोस्रो पटक बजेट शून्यताको अवस्था भोगिरहेको छ ।
प्रदेशको आर्थिक ऐनले निर्धारण गरेका कृषि आयकर, सवारी साधन कर, प्राकृतिक स्रोत रोयल्टी, वन पैदावार कर, मनोरञ्जन कर र पर्यटन शुल्कलगायतका राजस्व यथावत् संकलन हुने मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशको ३३ अर्ब ४३ करोडको बजेटमध्ये २० अर्ब ८३ करोड मात्रै खर्च
जलवायु वित्तमा नयाँ ढोका खोल्दै सरकार
बैतडीमा घर भत्किँदा तीन जना घाइते
दशकपछि पूरा हुँदै नौगाउँ–डुङरी–किमोला सिँचाइ योजना
कनरी–फूलबारी चक्रपथमा २१० स्मार्ट सडक बत्ती जडान
प्रधानमन्त्री र निर्माण ब्यावसायी बिच छलफल
ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल






