सशस्त्र प्रहरीद्वारा झण्डै १५ लाख रुपैयाँबराबरका अवैध सामानसहित एक जना पक्राउ

काठमाडौं । मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका–१ टंकी सिनवारी र सीमा इलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४ सय ८० रुपैयाँबराबरको चोरीपैठारीको सामान र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सोमबार भारतबाट अवैधरुपले नेपालतर्फ ल्याउँदै गरेको सामानसहित सोही जिल्लाको विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ३२ वर्षीय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनी गण मोरङ र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको हो ।

बरामद भएका सामानमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, औषधी, सिटी सफारी र स्कुटर छन् । नियन्त्रणमा लिइएका व्यक्ति, बरामद सामान तथा स्कुटर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा ९ हजारभन्दा बढी मुद्दा दर्ता, सम्बन्ध विच्छेद अग्रस्थानमा